चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ६ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बराबरको तयारी पोशाक निर्यात भएको छ । गत आर्थिक वर्षको साउनदेखि जेठसम्मको तुलनामा यस वर्ष १५.३ प्रतिशतले रेडिमेड गार्मेन्ट निर्यात बढेकाे व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्ष १ कराेड १२ लाख ७७ हजार ८९ थान तयारी पाेशाक निर्यात भएकाे छ ।